कारोबार


नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयरबजार घट्यो, हेर्नुस् शीर्ष ५ सेयर

नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयरबजार घट्यो, हेर्नुस् शीर्ष ५ सेयर

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:१५, काठमाडौँ

नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयरबजार घटेको छ। 

बजार परिसूचक नेप्से २.३५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै नेप्सेले २०२३.३५ विन्दुबाट नयाँ वर्षको सुरु गरेको छ।  पहिलो दिन ३ अर्ब ६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। 

११ बजे खुलेको बजार २०१८ को न्यून विन्दु र २०३१ को उच्च विन्दुमा पुगेर फर्किएको हो। योसँगै बजारमा ७७ लाख ९५ हजार ३३ कित्ता सेयर बिक्री भयो। 

कारोबारमा सामेलमध्ये १२७ कम्पनीको सेयर बढ्दा १०८ कम्पनीको घट्यो भने १० वटाको सेयर मूल्यमा घटबढ भएन। २१ करोडसम्मको अधिकतम कारोबारमा धेरैपटक हिमालयन रिको सेयर कारोबार भए पनि सानिमा माई हाइड्रोको धेरै सेयर किनबेच भयो। 

शीर्ष ५ सेयर तालिकामा- 

सबैभन्दा बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
शृजनशील लघुवित्त १२६२.८० १०
एनआईसी एसिया लघुवित्त ६६७ ९.७२
डोल्टी पावर कम्पनी ५३२ ९.३५
राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ३५३.९० ९.२३
मिथिला लघुवित्त १०८७ ८.७०

सबैभन्दा घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
गुराँस लघुवित्त २१०६ १०
हिमालयन ८०-२० ८.६८ ४.४१
तेह्रथुम पावर कम्पनी ५०२ ४.३८
तारागाउँ रिजेन्सी होटल ७३०.१० ३.९३
ग्लोबल आईएमई ब्यालेन्स फन्ड १ ८.३६ ३.९१

सबैभन्दा कारोबार भएका ५ सेयर

कम्पनी अन्तिम मूल्य (रु) कारोबार रकम (रु)
सानिमा माई हाइड्रोपावर ३३४ २१४७८९७४५
पोखरा फाइनान्स ५४६ ११०७६५०८९
ङादि ग्रुप पावर ३३२ १०३८६५२५३
सूर्यज्योति लाइफ इन्स्योरेन्स ५०० ८९२७९२९०
हिमालयन रि इन्स्योरेन्स ६१३.२० ७४४९२१०४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .