ad ad

कारोबार


२ अर्ब ७९ करोडको सेयर कारोबारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाए

२ अर्ब ७९ करोडको सेयर कारोबारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १५:१८, काठमाडौँ

सेयरबजारमा लगातार गिरावट देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो। 

०.८३ प्रतिशतले घटेपछि बजारमा धेरै लगानीकर्ताले गुमाएका छन्। सोमबार १८४ कम्पनीको सेयर घट्दा गुराँस लघुवित्त, डोल्टी पावरलगायतका सेयरधनीले गुमाए। आज ५२ वटा कम्पनीको सेयर भने बढेको छ। त्यस्तै ८ वटाको भने पुरानै मूल्यमा कारोबार भएको छ। 

आज १७ करोडसम्मको अधिकतम कारोबार भएको छ। योसँगै कुल ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँको कारोबार भएको छ। 

आज सबै उपसमूह राताम्य रहे। तालिकामा शीर्ष ५ सेयरको अवस्था -

धेरै बढेका ५ सेयर

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
८.५ माछापुच्छ्रे डिबेन्चर २०८७ ९९७ ७.०९
मेन्छियम हाइड्रोपावर ४१० ७.०५
मध्यसोलु हाइड्रोपावर ६९१.५० ५.९३
शृजनशील लघुवित्त १३२१ ४.६१
मानुषी लघुवित्त १२८५ ४.४७

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटे‍को दर (%)
गुराँस लघुवित्त १८९५.४० १०
डोल्टी पावर कम्पनी ४७८.८० १०
खानीखोला हाइड्रोपावर २२८ ७.४३
निफ्रा ऊर्जा ऋणपत्र ७% ०८५/०८६ ९१५ ७.११
मान्डु हाइड्रोपावर ७६६ ६.०१

धेरै कारोबार भएका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) कारोबार रकम (रु)
ङादी ग्रुप पावर ३२६ १७७३६८२९५
सीवाईसी नेपाल लघुवित्त १८०० ७७०२३४२६
सानिमा माई हाइड्रोपावर ३२७.२० ६९१८८३०९
सूर्यज्योति लाइफ इन्स्योरेन्स ५०० ६५०९९१६२
हिमालय रि इन्स्योरेन्स ६०६.५० ६३१८५८०३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .