ad ad

कारोबार


अब सडक बनाउँदा सुरुङमार्ग, अन्डरपास र फ्लाइओभर बनाउने नीति लिइन्छ : प्रधानमन्त्री

अब सडक बनाउँदा सुरुङमार्ग, अन्डरपास र फ्लाइओभर बनाउने नीति लिइन्छ : प्रधानमन्त्री

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १५:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्प कमलदाहाल प्रचण्डले नयाँ वर्षको शुरूवातसँगै नेपालको पहिलो सुरुङमार्ग ब्रेक थ्रु भएको बताएका छन्।

सोमबार नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली इन्जिनियरले नै सुरुङ खन्न सक्ने विश्वास रहेको बताए। उनले अब सडक निर्माण गर्दा सुरुङमार्ग, अन्डरपास र फ्लाइभोभर बनाउने नीति लिने प्रतिवद्धता जाहेर गरे।

‘नागढुंगासँगै सुनकोसी मरिन र काठमाडौं तराई जोड्ने द्रुतमार्ग निर्माण भैरहेको छ’ उनले भने, ‘सुरुङमार्गले पृथ्वी राजमार्ग अन्तरगत ट्राफिक सुधार तथा सडक सुरक्षामा बल पुर्याउने छ।’

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले वैशाख १६–१७ गते लगानी सम्मेलन हुन लागेको भन्दै लगानीको वातावरण थप सहज हुने बताए। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेकोमा आफूले ब्रेक थ्रु गरेको उनले बताए।

पूर्वतर्फ चन्द्रागिरि नगरपालिका काठमाडौं र पश्चिमतर्फ धुनीबेसी नगरपालिका धादिङ जोड्ने गरी सुरुङ निर्माण गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब सडक छोटो बनाउन सुरूङमार्ग बन्ने बताए।

पूर्वाधार निर्माणका क्रममा स्थानीय जनताका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाई थियो।

सचिव गोपाल प्रसाद सिग्देलले जापान सरकारबाट पूर्वाधारमा लगानी र मुआब्जा लगायतमा खर्च भैरहेको जानकारी दिए।

सुरुङमार्ग निर्माणपछि सडक यातायात ३३ मिनेटको दुरी घट्ने आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .