कारोबार


सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार २२:२, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको १६ औँ वार्षिकोत्सव मनाएको छ।

कम्पनीले मर्जरको एक वर्ष पूरा गरि सम्पूर्ण शाखाहरुमा केक काटेर १६औं वार्षिकोत्सव मनाएको हो।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफूलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स क. लि. बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. ले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो।  

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे।

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पूर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे।

कम्पनीले नविनतम  प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र  सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध  रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको जनाएको छ।

कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .