ad ad

कारोबार


हङकङ र सिंगापुरपछि नेपालले पनि रोक लगायो भारतीय ब्रान्डका यी ४ मसला

हङकङ र सिंगापुर भन्छन् : ती मसलामा क्यान्सर गराउन सक्ने पदार्थ भेटियो
हङकङ र सिंगापुरपछि नेपालले पनि रोक लगायो भारतीय ब्रान्डका यी ४ मसला

नेपालखबर
जेठ ५, २०८१ शनिबार १०:१३, काठमाडौँ

हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएका भारतीय ब्रान्डका चार मसला आयातमा नेपालले पनि रोक लगाएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भारतका दुई ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसला आयात तथा बिक्री वितरण रोकिएको हो। 

यसअघि हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भनी आयातमा रोक लगाइसकेका छन् भने अमेरिकाले समेत यस विषयमा अनुसन्धान गरिरहेको छ।

नेपालले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। 

ती मसला बजारमा बाँकी छन् भने तिनलाई समेत फिर्ता गर्न आयातकर्तालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ। 

अनुसन्धानकर्ताका अनुसार ‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो। यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर गराउन सक्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .