ad ad

कारोबार


एनसेलले ७० प्रतिशतसम्म घटायो रोमिङ डेटा शुल्क

एनसेलले ७० प्रतिशतसम्म घटायो रोमिङ डेटा शुल्क

नेपालखबर
जेठ १६, २०८१ बुधबार १९:१७, काठमाडौँ

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन्।

आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको जनाएको छ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र रु ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यसअघिको दैनिक रु। १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन्। परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क रु ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।

ग्राहकले स्टार१७१२९स्टार२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन्। प्रिपेड ग्राहकले स्टार१२३ह्यास डायल गरी यो प्याक सजिलै लिन सक्छन्। त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ।

ग्राहकहरुले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरि सधैं कनेक्टेड रहन सक्छन्।

सधैं अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरुमा विविध उदेश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्वराख्ने विश्वास एनसेलले लिएको छ।

यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन। यी देशहरुमा जादाँ रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन्।

ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन्। एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .