एलजीले आइतबारदेखि एलजी रेड फेयर ल्याएको छ। यसअन्तर्गत एलजीको सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
‘इन्नोभेसन फर बेटर लाइफ’को लक्ष्यसहित एलजीले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ। यसले आकर्षक जीवनशैली झल्काउँछ। एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासरजस्ता अत्यावश्क सामग्री ग्राहकको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
रेड फेयरअन्तर्गत लक्की ड्रमार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर प्रदान गरिने पनि कम्पनीले जनाएको छ। त्यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्ने बताइएको छ।
लक्की ड्रमा भाग लिनको लागि ‘एलजी–स्पेस–नेम–कमा–मोडल नं.–कमा– सिरियल नं.– कमा–एड्रेस’ टाइप गरी ३४३४३ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना एलजीका सबै व्यापारिक केन्द्रहरुबाट पाउन सकिनेछ। योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभरि लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया