कारोबार


साँग्रिला बैैंकको नयाँ शाखा हुम्लाको सिमकोटमा

साँग्रिला बैैंकको नयाँ शाखा हुम्लाको सिमकोटमा

नेपालखबर
असार १७, २०७६ मंगलबार १३:३,

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।

शाखा कार्यालयको उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाइ र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाबाट संयुक्त रुपमा गरिएको थियो।

कार्यक्रममा सिमकोट गाउँपालिकाका प्रमुख लामाले बैंकलाई सिमकोट बासिले स्वागत गरेको र यसका सेवा सुविधाहरुले समेत यस गाउँपालिकाको आर्थिक विकासका मद्दत पुग्ने भएकाले बैंकलाई सहयोग गर्न तत्पर रहेको बताए।

यस्तै, बैंकका क्षेत्रीय प्रबन्धक जयन्द्र खडकाले बैंकको बारेमा संक्षिप्त जानकारी दिएका थिए। उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले हुम्ला जिल्लामा विकास बैंकको आवश्यकता रहेको र यस बाट सम्पुर्ण हुम्लाबासिको बैंकिङ्ग पहुचमा मद्दत मिल्ने बताए।

उक्त कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना लगायत बिभिन्न सरकारी निकायका प्रमुख, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो।

सिमकोट शाखासँगै बैंकको कुल शाखा संख्या ८६ पुगेको छ। थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad