बैंक तथा वित्तीय संस्थामा एआई प्रयोग गर्ने व्यवस्था हुने भएको छ।
बैंकबाट इजाजतपत्रप्राप्त संस्थाले कृत्रिम बौद्धिकताको प्रयोगका विषयमा मार्गदर्शन बनाइने भएको हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा यससम्बन्धी व्यवस्था मिलाइने उल्लेख गरेको छ।
‘बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।
315
Shares

प्रतिक्रिया