कारोबार


एयर डाइनेस्टी दुर्घटना : उद्धारका लागि दुर्घटनास्थल पुग्यो प्रभु हेलिकप्टर

एयर डाइनेस्टी दुर्घटना : उद्धारका लागि दुर्घटनास्थल पुग्यो प्रभु हेलिकप्टर

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार १५:३८, काठमाडौँ

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि उद्धारका लागि प्रभु हेलिकप्टर लिमिटेडको हेलिकप्टर दुर्घटनास्थल पुगेको छ।

प्रभु हेलिकप्टर कम्पनीको ९एन एएनएल हेलिकप्टर दुर्घटनास्थलमा गएको हो। 

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा पाइलटबाहेक ४ जना चिनियाँ पर्यटक रहेका थिए।

उनीहरु सबैको मृत्यु भइसकेको छ। उडेको ३ मिनेटमा नै हेलिकप्टर त्रिभुवन विमानस्थलको टावरसँग सम्पर्कविच्छेद भएको थियो। 

दिउँसो २ बजेदेखि नै हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थलले जनाएको छ। 

दुर्घटनामा परेको हेलिकप्टर रसुवाको स्याफ्रुबेसीका लागि उडेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad