ad ad

कारोबार


उतारचढावबीच अन्तिममा हरियो बनेको नेप्से २९५७ विन्दुमा, २३ अर्बको कारोबार

उतारचढावबीच अन्तिममा हरियो बनेको नेप्से २९५७ विन्दुमा, २३ अर्बको कारोबार

नेपालखबर
साउन ३०, २०८१ बुधबार १५:२६, काठमाडौँ

बुधबार दिनभरको उतारचढावका बीच अन्तमा हरियाली छाएर सेयरबजार बन्द भएको छ।

कारोबार सुरु भएपछि घटेको नेप्से सूचक अन्ततिर आएर बढेपछि बजारले ३४.२९ अंकको उचाइ लिएको हो। 

समग्रमा आज ३४.२९ अंकले बढेर नेप्से सूचक २९५७.७५ अंकमा बन्द भएको छ।

यो दिन लगानीकर्ताले २३ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार गर्दा १५६ वटा कम्पनीको सेयरमाग बढ्दा मूल्य पनि बढ्न पुगेको हो।

आज जीवन बिमा, लघुवित्त र म्युचुअल फण्डबाहेक सबै समूहको सूचक हरियो बन्दा १५६ वटा कम्पनीका लगानीकर्ताले कमाएका हुन्। 

यसमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो, हिमालयन दोलखा हाइड्रो, इङ्ग्वा हाइड्रो र अप्पर स्याङ्गे हाइड्रोको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो।

यीबाहेक अन्य ६ कम्पनीको पनि आज सर्किट लेबलमै मूल्य बढ्न पुग्यो। कारोबारका आधारमा भने आज पनि हिमालयन रि इन्स्योरेन्स नै अगाडि छ।

निरन्तरको मूल्यवृद्धिसँँगै भोलुम धेरै भएका आधारमा पछिल्लो दुई हप्तायता हिमालयन रि इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा अग्रपंक्तिमा देखिन्छ। आज पनि यो कम्पनीको ८६ करोडको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .