कारोबार


यतीसँग उत्सवको उमंग, बम्पर उपहारमा स्कुटर र हिराको हार

यतीसँग उत्सवको उमंग, बम्पर उपहारमा स्कुटर र हिराको हार

नेपालखबर
असोज २२, २०८१ मंगलबार १९:७, काठमाडौँ

यती एअरलाइन्सले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।

‘यतीसँग, उत्सवको उमङ्ग’ योजना घोषणा गर्दै भाग्यशाली यात्रुहरूलाई बम्पर उपहार स्वरूप स्कुटर, हिराको चेन र फ्रिज प्रदान गर्ने भएको हो।

‘लक्की ड्र’ मार्फत् भाग्यशाली बिजेताहरूले बम्पर उपहारका साथै हरेक महिना एक जनाले एअरबड्स र हरेक हप्ता एकजनाले आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने यती एअरलाइन्सले जनाएको छ।

चाडपर्वको अवसरमा हवाई यात्रालाई हर्षोल्लासमय बनाउन र यात्रुहरूको विश्वास, माया र सहयोगको लागि कृतज्ञता दर्शाउन विगतका वर्षहरूमा जस्तै यस वर्षपनि उपहारहरूको व्यवस्था गरेको यती एअरलाइन्सले जनाएको छ।

कम्पनीका अनुसार यो योजना २ महिना (असोज २२ गते (पञ्चमी) देखि मंसिर २१ गते)सम्म लागू हुनेछ। यस समयावधि भित्र यती एअरलाइन्समार्फत् उडान भर्ने सम्पूर्ण यात्रुहरूमध्येबाट बिजेताहरू छानिने यती एअरलाइन्सले बताएको छ। मासिक तथा साप्ताहिक पुरस्कारको बिजेताहरू भने यतीको सोसल मिडियाहरूमा नियमित पोस्ट हुनेछ।  

मुख्य उपहार प्रायोजकमा सिट्रोन रहेको छ, जसले बेनेली पानारिया १२५ सीसी स्कुटर प्रायोजन गरेको छ। त्यस्तै अन्य उपहार प्रयोजकहरुमा रद्धिसिद्धि डायमण्ड (डायमण्ड चेन), पालसोनिक (१९० लि फ्रिज), नथिङ्ग (सिएमएफ बड्स प्रो) र आईबीबी (गिफ्ट ह्याम्पर) रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad