कारोबार


बाढीबाट चितवनमा धानबाली र माछापालनमा बढी नोक्सानी

बाढीबाट चितवनमा धानबाली र माछापालनमा बढी नोक्सानी

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८१ आइतबार ७:१५, काठमाडौँ

केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ।

स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको छ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्छन्, ‘मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पु¥याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन्।’

खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र  काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उनको भनाइ छ।

नगरप्रमुख महतोले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा ठूलो क्षति भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad