कारोबार


मंगलबार मात्रै भारतीय कम्पनीका झण्डै ५० बढी उडानमा बम रहेको हल्ला

मंगलबार मात्रै भारतीय कम्पनीका झण्डै ५० बढी उडानमा बम रहेको हल्ला

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १८:१३, काठमाडौँ

भारतबाट नेपाल आएको विस्तारा एयरलाइन्सको एक जहाजमा बमको हल्लापछि नेपालको राजधानी काठमाडौंमा सुरक्षाकर्मीले आवश्यक जाँच गरिरहेका छन्। 

नेपाल आउने विमानमा बमको हल्लाको सूचना पछिल्लो समयको यो पहिलो हो। 

केही दिनयता भारतीय कम्पनीका विमानहरुमा बमको हल्लाको आतंक नै मच्चिएको छ। 

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार मात्रै भारतमा झण्डै ५० उडानमा बमको हल्ला फैलिएको छ। पछिल्लो समय फरक फरक कम्पनीका जहाजमा बम रहेका सूचना फैलिइरहेको समाचारमा जनाइएको छ। 

मंगलबार इन्डिगोका १० उडानमा यस्तो चेतावनी दिइएको थियो। तीमध्ये कम्तीमा तीन उडान डाइभर्ट नै गर्नुपरेको बताइएको छ। 

यता एयर इन्डियाका विमानमा पनि सोमबारदेखि मंगलबार रातिसम्म १० उडानमा बमको डर देखाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad