कारोबार


धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण, आफ्नै कार्यालय भवन बनाउने प्रतिबद्धता

‘पुँजीबजार विस्तार गर्दै लगानीकर्ताका पक्षमा काम गर्छु’
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण,  आफ्नै कार्यालय भवन बनाउने प्रतिबद्धता

नेपालखबर
मंसिर १२, २०८१ बुधबार ११:२३, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्।

मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। 

पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरे।

हालसम्म सेबोन भाडाको घरमा छ। 

यस्तै उनले पुँजीबजार विकासका लागि दिनरात नभनेर लागिपर्ने संकल्प पनि गरे। 

‘नेतृत्व अभावमा धेरै काम थाँती छन्’, उनले भने, ‘ती काम पूरा गर्ने छु। यस्तै पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका पक्षमा काम गर्छु।’

पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad