कारोबार


पोखरा लामाचौरकी रितुलाई सीजीको स्कुटर उपहार

पोखरा लामाचौरकी रितुलाई सीजीको स्कुटर उपहार

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १८:२८, पोखरा

चौधरी ग्रुपअन्तरर्गत रहेको सिजी नेटकी प्रयोगकर्ता पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन्।

गत मंसिर ७ गते काठमाडौंमा भएको लक्की ड्रमार्फत् गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन्। सो स्कुटरको हाल बजार मूल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ।

उनलाई शुक्रबार पोखराको अर्चलबोटमा रहेको सीजी प्लाजामा आयोजित कार्यक्रममा सीजीका शेल्स एण्ड मार्केटिङ नेसनल हेड आकेश जैसवालले स्कुटरको चाबी हस्तान्तरण गरे।

देशभरबाट २ महिनाको अवधिमा सिजी नेट जडान गर्ने नयाँ तथा नवीकरण गर्ने ग्राहकहरुबाट लक्की ड्रमार्फत् पोखराकी रितु गुरुङ विजेता बन्न सफल भएको जैसवालले बताए।

२ महिनाको उक्त अफरबीचमा दैनिक, साप्ताहिक, मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे।

सीजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गतेसम्म ‘ल है आयो हातै खाली नरहने अफरको बहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दीपेश सिग्देलले जानकारी दिए।

स्कुटर बिजेता रितु गुरुङले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad