कारोबार


पन्च इभीमा सुरूवाती मूल्य योजना सकियो

पन्च इभीमा सुरूवाती मूल्य योजना सकियो

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार २१:१९, काठमाडौँ

टाटा मोटर्सको लोकप्रिय विद्युतीय गाडी पन्च इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ।

यसअघि पन्च इभीको नाडा अटो सोलाई मध्यनजर गरी आकर्षक सुरूवाती मूल्य निर्धारण गरिएको थियो। साथै योजना अवधि समाप्ती पश्चात् उक्त मूल्य परिमार्जन गरिने कम्पनीले जनाएको थियो।

यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्शाएको अभिरुचि र मागका कारण दसैँ–तिहार र छठ पर्वसम्म लम्ब्याइएको कम्पनीको भनाई छ।

कम्पनीका अनुसार, २०२४ डिसेम्बर १ तारिकदेखि पन्च इभीको सुरूवाती मूल्यको अवधि सकिएको र सामान्य मूल्य तोकिएको छ। जसअनुसार, नेपालमा उपलब्ध पन्च इभीका सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।

नेपालको बाटो र माटोलाई सुहाउँदो गाडी पन्च इभी लन्च भएको छोटो समयमै अत्यन्तै लोकप्रिय एवम् उच्च रोजाइमा पर्न सफल भएको छ।

उक्त गाडी  सार्वजनिक भएदेखि हालसम्म पाँच सय भन्दा बढी हस्तान्तरण देशभर भइसकेको नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी दिएको छ।

यसैगरी, पन्च इभीमा  भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन्।

साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्।

यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले ९द्यल्ऋब्ए० मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad