कारोबार


एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १७:०, काठमाडौँ

एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गरेको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो।

योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आवद्ध भएको छ। यो सहकार्यको उदेश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको कम्पनीले जनाएको छ।

नवौं संस्करणको इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ। उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पु‍र्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ।  

‘हामी आफैं पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आईरहेको संस्था हो। डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरुको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

सूचना प्रविधि क्षेत्रमा महिलाहरको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आइसिटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ। यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूको सम्मानमा आइसिटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ।

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरु, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु लगायतका पहलहरू अगाडि बढाएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad