कारोबार


सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल

नेपालखबर
माघ २, २०८१ बुधबार १६:२२, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाइरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो।

मिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसंग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसंग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए।

उनले भने, ‘नेपालमा करिव ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको छ।’

नेपालको श्रम कानुनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र शिप आर्जनमा चुनौतीपूर्ण रहेको अध्यक्ष अग्रवालको भनाई छ।

मिकले लचकतापूर्ण कार्यशैली अपनाउने परम्पराको विकास भइरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो।

चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसँग भएको भेटमा आईएलओका कन्ट्रि डाइरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad