तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज तोलामै १४ सय रुपैयाँ बढेको छ। चाँदी पनि आज महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आज एक हजार आठसय ५५ रुपैयाँ पुगेको छ।
आइतबार, सोमबार र मंगलबार लगातार सुनचाँदीकै मूल्य घटेको थियो। हिजो सुन तोलाको एक लाख ५९ हजार दुईसय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ५५ रुपैयाँ कायम भएको हो। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३५ रुपैयाँ थियो
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया