राहदानी विभागले पासपोर्ट अभाव नहुने गरी ठेक्का लगाउने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै समयमै टेन्डर अवार्ड गरी पासपोर्टको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
महानिर्देशक तीर्थराज अर्यालले राहदानी विभागसँग १० लाख २१ हजार ७०० पासपोर्ट बाँकी रहेको बताउँदै उक्त पासपोर्टले करिब १ वर्ष पुग्ने बताए।
राहदानी विभागले नोभेम्बर २८ मा टेन्डर आह्वान गरेको थियो। सुरुमा जनवरी १२ गतेसम्म म्याद दिइएकोमा विवाद भएसँगै फेब्रुअरी ११ सम्म म्याद थप गरेको छ। विभागले टेन्डर डकुमेन्टमा संशोधन गरेपछि फेरि म्याद थप गर्नुपर्ने भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ।
कार्यालयले प्रतिस्पर्धा बढ्ने भए म्याद थप गर्न विभागलाई निर्देशन दिएको छ। तर महानिर्देशक अर्यालले म्याद थपको सम्भावना कम रहेको बताए।
‘२०२५ को डिसेम्बरसम्म नयाँ ठेक्का लगाई पासपोर्ट छपाइ गर्न तयार भइसक्नुपर्छ’, उनले भने, ‘हामीले कम्पनीहरुको मागअनुसार १ महिना म्याद थप गरिसकेका छौँ। अब म्याद थप हुने सम्भावना कम छ।’
म्याद थप भए मंगलबार साँझसम्म हुने उनले जानकारी दिए। विभागले आइडेमियासँग गरेको ठेक्काअनुसार २०२५ डिसेम्बरसम्म सम्झौता अवधि छ।
थप समाचार-
-
पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन
-
पासपोर्ट छाप्न आह्वान टेन्डर संशोधन, विभागले छोडेन आइडेमियालाई फाइदा पुग्ने शर्त
-
विवाद बढेपछि १ महिना थपियो पासपोर्ट छपाइको आवेदन दिने समय
-
पासपोर्ट छपाइको टेन्डरविरुद्ध एकपछि अर्को उजुरी, के गर्लिन् परराष्ट्रमन्त्री?
-
एक कम्पनीलाई सहज हुने सर्तले विवादमा ई-पासपोर्टको ग्लोबल टेन्डर
Shares

प्रतिक्रिया