नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर सञ्चालनका लागि अनुमति दिने कार्य पुन: सुरु गरेको छ।
बोर्डले २०७५ साउन ८ देखि मर्चेन्ट बैंकरका लागि लाइसेन्स दिने काम बन्द गरेको थियो। अब बोर्डले पुन: लाइसेन्स वितरणको काम गर्नेछ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले धितोपत्र व्यवसायी निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य सुचारु भएको जनाएको छ।
योसँगै बोर्डले मर्चेन्ट बैंकले चाहेको खण्डमा अब सार्वजनिक सेयर समेत निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ।
बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम अनुमतीपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न सञ्चालनको १० बर्ष पुरा गरेकोहुनुपर्ने व्यवस्था गरेको छ।
यसका साथै उक्त संस्थाले कम्तीमा एक अर्बको चुक्तापुँजी कायम गरेको भए ३० प्रतिशतभन्दा कम नहुने गरी नियमअनुसार धितोपत्र सार्वजनिक निष्काशन गर्नसक्ने समेत व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया