कारोबार


२ दिन बढेको नेप्सेले साताभर समाएन लय, सूचक र कारोबार खुम्चियो

२ दिन बढेको नेप्सेले साताभर समाएन लय, सूचक र कारोबार खुम्चियो

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:२२, काठमाडौँ

साताको सुरुवाती दुई कारोबार दिन बढेको नेप्सेले त्यसपछिका दिनहरुको निरन्तरता पाउन नसक्दा समग्रमा सूचकसँगै कारोबार रकम पनि खुम्चिनपुगेको छ।

आइतबार र सोमबार नेप्से सूचक बढेको थियो भने मंगलबार, बुधबार र आज बिहीबार नेप्से सूचक घट्न पुग्यो।

तीन दिनको ओरालोसहित बजार यो साताका लागि बन्द हुँदा समग्रमा नेप्से सूचक ४२ अंकले मात्रै बढेको छ। यो साता सेयरबजार परिसूचक नेप्से २६५७.७७ अंकबाट सुरु भएर अन्तिम दिन २६९९.८१ अंकमा बन्द भएको हो। 

योबीचमा पहिलो कारोबार दिन आइतबार सूचक ६९ अंकले बढ्यो भने सोमबार २.४१ प्रतिशतले बढ्यो। त्यसपछिका दिनमा भने सूचक निरन्तर घट्दा बजारले अपेक्षित उचाइ लिन सकेन। 

अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा नेप्से सूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ। यो साता अधिकतम २७६४ सम्म पुगेको नेप्से न्यूनतम २६६२ सम्म ओर्लिएको थियो। 

बिहीबार पनि सूचक ११.६४ अंकले घटेको हो। योबीचमा कारोबार रकम पनि अधिकतम १२ अर्ब ७७ करोड र न्यूनतममा ८ अर्ब ८२ करोडसम्मको कारोबार भयो। बिहीबार भने लगानीकर्ताले ९ अर्ब २४ करोडको कारोबार गरेका छन्। 

बिहीबार कारोबारमा आएका ३१५ वटा कम्पनीमध्ये ७४ वटा कम्पनीको मूल्य बढ्दा १६० वटा कम्पनीको मूल्य घटेको छ।

जसमा अपर लोहोरे खोलाको मूल्यमा पोजिटिभ सर्किट लाग्दा उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad