कारोबार


सार्वजनिक खरिदको निर्देशनपछि राहदानी विभागले थप्यो पासपोर्ट छाप्न आवेदन दिने समय

सार्वजनिक खरिदको निर्देशनपछि राहदानी विभागले थप्यो पासपोर्ट छाप्न आवेदन दिने समय

नेपालखबर
माघ २९, २०८१ मंगलबार १२:५२, काठमाडौँ

राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने समय १० दिन थप गरेको छ। 

एक सार्वजनिक सूचना निकाल्दै मंगलबार सकिने म्याद आगामी फागुन ९ सम्म लम्ब्याएको हो। 

पछिल्लो सूचनाअनुसार ९ गते दिउँसो १ बजेसम्म आवेदन दिन सकिनेछ भने सोही दिन २ बजे प्रस्ताव खोलिनेछ।

राहदानी छपाइको ठेक्का आह्वान पटक पटक विवादित बन्दै आएको छ। यसविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत धेरै उजुरी परेका थिए। 

कार्यालयले उजुरी सुनुवाइ गर्दै पछिल्लोपटक माघ २० गते गुनासो सम्बोधन गर्न विभागलाई पत्र पठाएको थियो। त्यसअघि पनि कार्यालयकै निर्देशनपछि विभागले टेन्डर डकुमेन्ट संशोधन गरेको थियो। डकुमेन्ट संशोधन गरे पनि म्याद नथपिएपछि कार्यालयमा उजुरी परेको थियो। 

म्याद थप गर्दा प्रतिस्पर्धी धेरै सहभागी हुनसक्ने आकलन गरिएको छ।

गत मंसिर १३ मा विभागले पहिलोपटक पासपोर्ट छपाइको टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएपछि विवादमा प¥यो। 

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो। 

अहिले त्यसलाई पनि संशोधन गरी फेब्रुअरी २१ सम्म विस्तार गरिएको हो। 

थप समाचार-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad