कारोबार


पदभार ग्रहण गर्दै ओझाले भने- प्राधिकरणमा नयाँ कामको सुरुवात गर्न चाहन्छु

पदभार ग्रहण गर्दै ओझाले भने- प्राधिकरणमा नयाँ कामको सुरुवात गर्न चाहन्छु

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १७:१७, काठमाडौँ

नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्।

आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट शपथ लिएका उनले प्राधिकरण पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभारका क्रममा बोल्दै अध्यक्ष ओझाले आफ्नो कार्यकालमा परिवर्तन देखिने बताएका हुन्। 

उनले भने, ‘सरकारले जिम्मेवारी दिएको छ। यो मेरो लागि चुनौती पनि हो। मेरो कार्यकालमा नयाँ परिवर्तन देखिनेछ।’ 

प्राधिकरणले नियमन गर्न सकेन भन्ने जनगुनासो धेरै रहेको बताउँदै उनले प्राधिकरणमा नयाँ कामको सुरुवात गर्न चाहेको बताए।

ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad