कारोबार


सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना

सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १८:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। 

मंगलबार परिपत्र जारी गर्दै सो व्यवस्था कार्यान्वयन नगर्ने संस्थाहरुलाई ५ करोडसम्मको जरिवाना लाग्ने व्यवस्था गरिएको हो। 

परिपत्रमा कोषहरूले ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने,सूचीकृत व्यक्ति, उच्चपदस्थ व्यक्ति, वास्तविक धनी व्यक्तिको पहिचान गर्नुपर्नेछ। यस्तै ग्राहक पहिचानका लागि सरलीकृत तथा बृहत् ग्राहक पहिचान संयन्त्र विकास गर्दै शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणालीको विकास गनुपर्ने उल्लेख गरिएको छ। 

निर्देशनले नीति तथा कार्यविधि पालन नगरेको खण्डमा संस्थालाई न्यूनतम १० लाखदेखि ५ करोडसम्मको जरिवाना गर्ने जनाएको छ। 

यस्तै ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा काल्पनिक नाममा कारोबार भएमा ५० लाखसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै संस्थाले उच्चपदस्थ व्यक्तिको पहिचान गर्ने प्रणालीको विकास नगरेको खण्डमा ५ करोडसम्म जरिवाना  गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad