कारोबार


उद्योगीसँग निजी ‘बेनिफिट’ लिएको भन्दै ऊर्जामन्त्री खड्कासहित ३ जनाविरुद्ध अख्तियारमा उजुरी

उद्योगीसँग निजी ‘बेनिफिट’ लिएको भन्दै ऊर्जामन्त्री खड्कासहित ३ जनाविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणि शर्माले उद्योगीसँग निजी लाभ लिएको आरोप लगाउँदै छानबिनको मागसहित उजुरी दिएका हुन्। 

उजुरीमा ऊर्जामन्त्री खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष राम प्रसाद धिताल र ऊर्जासचिव सुरेश आचार्यले अनियमितता गरेकाले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ। 

‘पछिल्लो समय विद्युत् नियमन आयोगलाई हतियार बनाएर पटक पटक विद्युत् प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ’, उजुरीमा भनिएको छ, ‘आयोगले पनि विद्युत् बक्यौता रकमको ५ प्रतिशतका दरले हुन आउने रकम शुल्कबापत लिई प्राधिकरणलाई पत्र लेख्नुपर्ने प्रावधानविपरीत यसका अध्यक्ष रामप्रसाद धितालले उद्योगीसँग निजी बेनिफिट लिई पटक पटक पत्राचार गरेको देखिन्छ।’ 

यसमा ऊर्जामन्त्री खड्का, अध्यक्ष धिताल र दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारीअधिकृत विमल गुरुङलाई हटाउन अख्तियार क्षेत्रबाहिर गएर सचिवस्तरीय निर्णय भएकोले छानबिन गर्नुपर्ने उजुरीकर्ताको  माग छ। 

ऊर्जा मन्त्रालयले आयोगलाई र आयोगले प्राधिकरणलाई तथा मन्त्रालयले सिधै प्राधिकरणलाई पटक पटक काटेका पत्रसमेत उजुरीसँगै पेस गरिएको छ। 

अख्तियारले उक्त उजुरीलाई सी–०५०१७३ नम्बरमा मंगलबार दर्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad