कारोबार


काभ्रेबाट रारा घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु

काभ्रेबाट रारा घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८१ सोमबार ११:५४, मुगु

नेपालकै प्रमुख पर्यटकीयस्थल मुगुको रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको लेख लागेर मृत्यु भएको छ। 

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए। 

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि स्वास्थ्य जाँच गर्न जिल्ला अस्पताल पुगेका थिए। 

जाँचपछि चिकित्सकले ‘तपाईँको शरीरमा अक्सिजनको कमी छ। आजको रात यतै अस्पताल भर्ना हुनुस्’ भनेका थिए। तर, उनले भर्ना भएर उपचार गर्न नमानेका  अस्पताल प्रशासनले जनाएको छ। 

स्वास्थ्य जाँचपछि सल्लेरी फर्किएका विकको स्वास्थ्यमा समास्या देखिएपछि सोमबार बिहान ६ बजेतिर साथीहरुले उनलाई एम्बुलेन्समा अस्पताल पुर्याएका थिए। अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए। 

शाहीका अनुसार भुवनमा मोटोपन थियो। उनी दमको पनि दीर्घरोगी भएको खुलेको छ। हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेक लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad