कारोबार


९ दिनपछि सेयरबजारमा लगातार ‘करेक्सन’, कारोबारमा उत्साह कायमै

९ दिनपछि सेयरबजारमा लगातार ‘करेक्सन’, कारोबारमा उत्साह कायमै

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १५:२६, काठमाडौँ

सेयरबजारमा ९ दिनयता लगातार ‘करेक्सन’ देखिएको छ। सोमबार र मंगलबार बजार करेक्सनमा गएको हो। 

योसँगै मंगलबार सेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेका छन्। 

लगातार दुई दिन १४ अर्ब नाघेको कारोबार मंगलबार भने घटेर १२ अर्ब ९४ करोडमा खुम्चिएको छ। 

त्यसैगरी सूचक पनि मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० विन्दुमा कायम भएको छ। तेस्रो कारोबार दिन २ करोड ६३ लाख कित्ता बिक्री भएको छ। 

योसँगै ४१ वटा सेयर बढ्दा १९८ वटा घटेका र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज पनि गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लाग्दा अन्य सेयर अधिकतम ६.६६ प्रतिशतसम्म मात्रै बढेका छन्। 

सिन्धु विकास बैंकको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यसैगरी सृजनशील लघुवित्तको ९ प्रतिशतले सेयर घटेको छ। 

आज कारोबारतर्फ हिमालय रिइन्स्योरेन्सको १ अर्ब ९ करोडको कारोबार भएको छ। जुन कुल कारोबारको ८.४४ प्रतिशत हो। 

यसबाहेक नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड, सिन्धु विकास बैंकको ४७ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad