कारोबार


सांसदहरूलाई मन्त्रीको जवाफ- चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छ

सांसदहरूलाई मन्त्रीको जवाफ- चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छ

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:४७, काठमाडौँ

काठमाडौँ चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’को निर्माण भइरहेको जानकारी दिएका हुन्।

“मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ”, मन्त्री दाहालले भने।

उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरे। नागढुङ्गा–मुग्लिङ, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ।

उनले भने, “गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्र्याक’ तथा दुई लेनतर्फ २४६ किमि सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ।”

सवारी चालक अनुमतिपत्र वितरणमा राखिएको लक्ष्य प्राविधिकरण पूरा हुन नसकेको जानकारी दिँदै मन्त्री दाहालले ‘स्मार्ट कार्ड’ वितरणलाई तीव्र पारिएको बताए।

“यसबीचमा नौ लाख ‘स्मार्ट लाइसेन्स’ वितरण गर्ने भनिएको थियो तर एक लाख ६९ हजार ४३९ मात्रै छपाइ भएर वितरण गरिएको छ”, उनले भने, “दुई/तीन महिना कार्ड छपाइ गर्ने मेसिन नै चलेन, त्यहाँ अनेक समस्या रहेछन्, ती समस्या समाधान गर्दै अघि बढिएको छ।”

मन्त्री दाहालले मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै ती विषय समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad