कारोबार


छैटौँ दिन पनि नेप्से घटेपछि हरायो सेयरबजारको चमक

छैटौँ दिन पनि नेप्से घटेपछि हरायो सेयरबजारको चमक

नेपालखबर
फागुन २६, २०८१ सोमबार १५:२२, काठमाडौँ

लगातार छैठौँ दिन पनि नेप्से सूचक दोहोरो अंकले घटेको छ। यसले बजारमा लगानीकर्ता उत्साहित हुन छोडेको देखाएको छ।  

लगातार ९ दिनसम्म बजार बढेर नेप्सेले २९ सय अंक पार गर्दा हौसिएका लगानीकर्ता त्यसयता निरन्तर बजार घटेपछि कारोबार खुम्च्याएर बस्न पुगेका छन्।

सोमबार पनि नेप्से सूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा बन्द भयो। आइतबार नै ४६.३३ अंकले घटेको नेप्सेले सोमबार पनि निरन्तरता पाउँदा बजारमा कारोबार खुलेबाटै राताम्मे बन्न पुग्यो। 

जसको असर कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्यमा देखियो। 
लगानीकर्ताले दिनभर ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार गर्दा ४४ कम्पनीको मूल्यमा वृद्धि देखियो भने १९१ वटा कम्पनीको मूल्य घट्न पुग्यो। 

जसमा नेष्डो लघुवित्त सर्वाधिक मूल्य बढ्ने कम्पनीमा प¥यो भने उपकार लघुवित्त सर्वाधिक घट्नेमा पुग्यो। नेष्डो लघुवित्तको मूल्य आज ९.९८ प्रतिशतले बढ्दा उपकार लघुवित्तको भने ६.९८ प्रतिशतले घटेको हो। 

६ हजार ५ सय रुपैयाँ प्रतिकित्तामा पुगेको उपकार पछिल्लो दुई हप्तादेखि निरन्तर घटिरहेको छ। यसले आज पनि निरन्तरता पाएको हो। 

नेष्डो लघुवित्तको मूल्य भने आइतबार घटेकोमा सोमबार सर्वाधिक बढाउनेमा अग्रपंक्तिमै देखिएको हो। 

योबाहेक गार्डियन माइक्रो लाइफ र विन नेपाल लघुवित्त पनि ८ प्रतिशतमाथिको वृद्धिसहित सर्वाधिक कमाउनेमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन्। 

बजारमा निरन्तर करेक्सनमा जाँदा पछिल्लो समय मूल्य बढाउने कम्पनीहरु घट्दै गएका छन्। आज बजारमा अन्य समूहको इन्डेक्सबाहेक सबै समूह घटेर राताम्मे बन्दा त्यसको असर कम्पनीको मूल्यमा देखिएको हो। 

बजार निरन्तर घटे पनि कारोबारमा भने पुनर्बीमा कम्पनीको अग्रता कायमै छ। अर्बमाथिको कारोबार गर्दै आएका नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले आज भने ७३÷७३ अर्बको मात्रै कारोबार गरेका छन्। यद्यपि दुवैको कारोबार सबैभन्दा धेरै छ। 

चुक्ता पुँजी वृद्धि गर्नुपर्ने नेपाल बीमा प्राधिकरणको नयाँ निर्देशनले हकप्रद पाउने आशासहित बसेका लगानीकर्ताले यी दुई पुनर्बीमा कम्पनीको सेयर किनिरहेका छन्। जसको असर पछिल्लो दुई हप्तायता दुई कम्पनीको कारोबार सबैभन्दा धेरै हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad