कारोबार


उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

नेपालखबर
चैत ७, २०८१ बिहिबार १८:१४, काठमाडौँ

अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

केही समयअगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको र उद्योगहरुमा विद्युत उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिसंघले जनाएको छ। 

‘उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ।’

सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको परिसंघले उल्लेख गरेको छ। 

परिसंघको प्रश्न छ, ‘मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन?’ 

विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ भएको भन्दै उसले यसको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने हुँदा उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad