कारोबार


नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुने व्यवस्था गर्न आयोगको सुझाव

नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुने व्यवस्था गर्न आयोगको सुझाव

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १३:१७, काठमाडौँ

नेपालको धितोपत्र बजारमा सूचीकृत रहेका पब्लिक कम्पनीहरु विदेशी स्टक एक्स्चेन्जमा पनि सूचीकृत हुन दिन अध्ययन प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ।

शुक्रबार सरकारलाई अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्नका लागि नीतिगत व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो। 

प्रतिवेदनले यसका लागि कम्पनी ऐनमा संशोधन गरी नेपालको धितोप बजारमा सूचीकृत भएका कम्पनीहरुलो तोकिएका प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्नसक्ने व्यवस्था गर्न भनको हो।

नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्नका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न समेत प्रतिवेदनले सुझाएको हो। 

धितोपत्र बजारका लागि प्रतिवेदनले बजार सञ्चालक तथा नियामक संस्थामा फेरदबल गर्न सुझाउँदै नेपाल स्टक एक्स्चेन्ज पुनर्संचना गर्नुपर्ने तथा धितोपत्र बोर्डको सञ्चालक पनि फेरबदल गर्नु भनेको हो। 

बजार विस्तारका लागि एनआरएनको प्रवेशलाई सहजीकरणदेखि सरकारी कम्पनीलाई समेत धितोपत्र बजारमा सूचीकरण गर्नेलगायतका काममार्फत बजार सुधारका लागि पहल गर्न आग्रह गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad