सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर रासायनिक मल खरिदको समय छोट्याएको छ।
नियमावलीको नियम ३१ ‘ज’को उपनियम ५ मा संशोधन गर्दै ७ दिनको सूचना दिएर खरिद गर्न सकिने व्यवस्था गरेको हो।
‘रासायनिक मल खरिदको हकमा आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तर वा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्नेछ’, नियमावलीमा भनिएको छ।
सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा रासायनिक मल खरिदको हकमा बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने नियमावलीमा उल्लेख छ।
138
Shares

प्रतिक्रिया