कारोबार


नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १९:२४, काठमाडौँ

नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ। बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं।’   उनले भने, ‘ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ।’

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ।

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो। बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ। 

नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad