राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आफूहरु अहिले सूक्ष्म सुधारको चरणमा रहेको बताएका छन्।
बिहीबार पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमा बोल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रलाई अगाडि बढाउन, शैली परिवर्तन गराउन र काम गर्ने ढाँचामा फरकपन ल्याउन सो कुरा आवश्यक भएको बताए।
उनले यसअघि आयोजनाको नाममा जस्ता पनि आयोजना समावेश भएको र आयोजनाको परिभाषा नै नभएको अवस्थामा अहिले त्यस्तो परिपाटीलाई बन्द गरिएको बताए।
उनले आयोजना बैंकलाई सुधार गरी पहिलाका योजनाहरु आर्काइभमा राखिएको र नयाँ शिराबाट सुरु गरिएको जानकारी दिए।
उपाध्यक्ष अधिकारीले गत वर्ष मधेश प्रदेशबाट एउटा पनि आयोजना नपरेको भन्दै अहिले सबैभन्दा बढी आयोजना मधेश प्रदेशबाट परेको समेत जानकारी दिए।
उनले संघबाट ३ करोडभन्दा कमको योजना राख्न नमिल्ने नै बनाएको र सफल दिशामा अगाडि बढेको समेत प्रस्ट पारे।
Shares

प्रतिक्रिया