कारोबार


मर्स्याङ्दीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी

मर्स्याङ्दीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी

नेपालखबर
जेठ ५, २०८२ सोमबार १९:५६, काठमाडौँ

नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन। 

६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ।

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।

‘हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्वि हुन सकेको छैन्,’ गौतमले भने, ‘यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ।’

केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन छन्। यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो। यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad