कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुट दिएको छ।
बैंकले कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी उक्त छुट अफर दिएको हो।
सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराजमार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन्।
लकडाउनमा पनि बैंकले ग्राहकहरुलाई देशव्यापी सक्रिय एटीएम, डिजिटल/अनलाइन बैंकिङ सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया