समाज


कोरोना व्यापक फैलिएकाे अमेरिका लागे कलाकार सरोज खनाल

कोरोना व्यापक फैलिएकाे अमेरिका लागे कलाकार सरोज खनाल

नेपालखबर
चैत २३, २०७६ आइतबार ५:२६,

कोरोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी धमाधम लगिरहेका छन्।

यसै क्रममा अमेरिकाले आइतबार आफ्ना ३ सय ३ नागरिकलाई आफ्नो देश फर्काउँदै छ।

त्यसका लागि आइतबार कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे थियाे। त्यसमा नेपालमा रहेका ३ सय ३ अमेरिकी नागरिक अमेरिकाको डालास जाँदै छन्। 

त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक सरोज खनाल पनि अमेरिका उडेका हुन्। 

अहिले विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा देखिएकाे छ।

ताजा तथ्यांकअनुसार अहिले त्यहाँ कोरोनाबाट ३ लाख १६ हजार ६ सय ३५ जना संक्रमित भइसकेका छन्। यस्तै त्यहाँ काेराेनाका कारण ८ हजार ४ सय ५४ जनाकाे मृत्यु भइसकेकाे छ। 

लकडाउनका कारण कैयौं विदेशी नागरिक नेपालमा रोकिएका छन्। जसलाई उनीहरुका देशले अहिले स्वदेश फर्काइरहेका छन्।

याे पनि : 

अमेरिकामा ५०० नेपालीलाई कोरोना संक्रमण, १ जनाको निधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad