सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट भाषणका क्रममा सो जानकारी दिइएको हो।
हात्तीको आक्रमण रोक्न सोलार तारबार गरिने, जडिबुटी पूर्वाधार विकास गरी उत्पादन गर्न २० करोड विनियोजन भएको छ।
समुदायसँग सहकार्यमा फुड फरेस्ट कार्यक्रम चलाइने भएको छ।
पानी सञ्जय र पुनभरण कार्यक्रमका लागि १ अर्ब ६९ करोड विनियोजन भएको छ। वातावरणीय प्रभाव मूल्यांकनलाई सहज बनाइने र एकैपटक प्रतिवेदन स्वीकृत गरिने भएको छ।
४० माइक्रोनभन्दा कमका प्लास्टिक मंसिरदेखि उपयोग गर्न नपाइने भएको छ।
सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गरिने, वायु र जल प्रदूषण नियन्त्रण गरिने छ। काठमाडौँसहितका ठाउँमा कारखानालाई विद्युतीय रुपान्तरण गर्न बिजुली सहुलियतमा उपलब्ध गराइने भएको छ। डढेलो लगाउनेलाई कारबाही गर्ने र डढेलो लगाउनेको सूचना दिनेलाई पुरस्कार दिइने पनि अर्थमन्त्री पौडेलले बताए।
Shares

प्रतिक्रिया