कारोबार


जिकर एक्स ईभीको मूल्य घट्यो, नयाँ मूल्य कति?

जिकर एक्स ईभीको मूल्य घट्यो, नयाँ मूल्य कति?

नेपालखबर
जेठ २१, २०८२ बुधबार १८:१७, काठमाडौँ

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कम्प्याक्ट लग्जरी एसयूभी ‘जिकर एक्स’को मूल्य परिमार्जन गरेको छ।

८४ लाख ९९ हजार रुपैयाँ बजारमूल्य रहेको जिकर एक्स अब १० लाख कम मूल्यमै खरिद गर्न पाइने कम्पनीले जनाएको छ। 

अर्थात् कम्पनीले नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ हजार रुपैयाँ राखेको छ।

‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्  भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।

२०० किलोवाट मोटर रहेको जिकर एक्सले डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर दिन्छ।

जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ।

 जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो। जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै ग्रिन एनक्यापबाट ५-स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ ।

गिलि होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित बजारमा आएको छ। 

पायोनियर मोटो कर्प प्रा.लि, इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई नजिकको सोरुममा पुगी जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad