कारोबार


अब म्यान पावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य

अब म्यान पावर कम्पनी  नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १०:३६, काठमाडौँ

अबदेखि इजाजत प्राप्त म्यानपावर संस्था नवीकरण गर्दा गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने भएको छ। 

वैदेशिक रोजगार विभागले संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी संस्थाको गुगल प्लस कोडसँगै संस्थाको वेबसाइटमा समेत अनिवार्य रुपमा राख्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हाे। 

यसरी राखिएको लोकेसनले संस्थामा पुग्न चाहने सेवाग्राही र विभागको अनुगमनमासमेत सहजता आउने विश्वास विभागको छ।

एक्काइसौँ शताव्दीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने भन्दै विभागले यस्तो नियम कार्यान्वयमा ल्याएको हो।

विभागले सोमबार प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्था, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्था, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सिपमूलक तालिम प्रदान गर्ने संस्था एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाले कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र/अनुमतिपत्र नवीकरण गर्न पनि अनुरोध गरिएको छ।

अन्यथा कानून बमोजिम कारबही हुने व्यहोरासमेत विभागले सम्बन्धित सबैलाई जानकारी गराएको छ। 

सो सूचनाको विस्तृत विवरण विभागको वेबसाइटमा प्राप्त गर्न सकिने पनि विभागले जनाएको छ। 

विभागले यस अघि प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाई आव्हान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित संस्थाले अद्यावधि गर्नुपर्ने विभागका महानिर्देशक कमल प्रसाद भटराइले बताए।

कानूनमा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमुखीकरण तालिम प्रदायक संस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालयहरु नविकरण गर्न पनि विभागले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad