सुनको मूल्य आज पनि बढेको छ। प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर सुनको मूल्य बिहीबार एक लाख ९२ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो (बुधबार) पनि तोलामा एक हजार तीनसय रुपैयाँ बढेको थियो। आइतबार तोलामा तीन हजार, सोमबार एकसय र मंगलबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर २९ सय बढेको हो।
हिजो सुनकाे मूल्य तोलाको एकलाख ९१ हजार तीनसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीकाे मूल्य प्रतितोला दुई हजार एकसय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
2.8k
Shares

प्रतिक्रिया