इँट्टाको विकल्पमा आईएमई ग्रुपले फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ।
रौतहटमा डेढ अर्ब लागतमा सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट बोर्डको बुधबार उद्घाटन गरेका हुन्। मन्त्री भण्डारीले सम्बोधन गर्दै निराशाका बीच आईएमई ग्रुपले आशा जगाएको बताए।
उनले विदेशी वस्तु आयातमा कडाइ गर्दै नेपाली वस्तु विदेशमा निर्यात गर्नमा ध्यान दिने बताए।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भारतबाट आउने गरेको सिमेन्ट बोर्ड नेपालमा उत्पादित उद्योगले विस्थापित गर्ने बताए। घर निर्माणमा लागत घटाउन सहयोग पुग्ने बताउँदै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरे।

इँट्टाको विकल्पमा सिमेन्ट बोर्ड प्रयोग हुने सचिव सिग्देलको भनाइ छ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाली बजारमा आयात हुने बोर्डलाई प्रतिस्थापन गर्दै विदेश निर्यात गर्ने उद्देश्य रहेको बताए। ढकालले आन्तरिक उत्पादन बढाउने गरी नयाँ उद्योग सञ्चालनमा ल्याएको उल्लेख गरे।
उद्योगले ४ देखि ३० एमएमसम्मका सिमेन्ट बोर्ड उत्पादन गर्छ भने २ सय जनालाई रोजगारी प्रदान गरेको छ।

आईएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ।
ग्रुपका अनुसार यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ। यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ। यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।
भिडिओ
प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन्। प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ।
यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्। उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.ली ले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ।
यस्ता छन् उद्घाटन समारोहका दृश्य
























Shares

प्रतिक्रिया