सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन्।
आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरूले सटर बन्द गरेका हुन्।
न्युरोड लगायका स्थानहरूमा सुनचाँदी पसल बन्द रहेको छ। विनयोजन विधेयक पास हुँदा पनि आफूहरूको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका थिए।
69
Shares

प्रतिक्रिया