कारोबार


समय घर्किँदा पनि चुक्ता पुँजी पुर्‍याउन नसकेका ब्रोकर कम्पनीलाई सहुलियत दिने योजनामा धितोपत्र बोर्ड

समय घर्किँदा पनि चुक्ता पुँजी पुर्‍याउन नसकेका ब्रोकर कम्पनीलाई सहुलियत दिने योजनामा धितोपत्र बोर्ड

नेपालखबर
असार १८, २०८२ बुधबार १२:४५, काठमाडौँ

समय घर्किँदासम्म पनि चुक्ता पुँजी सीमामा पुर्‍याउन नसकेका ब्रोकर कम्पनीहरुलाई सहुलियत दिने गरी नियमावली संशोधन गर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को पाँचौँ संशोधन गर्दै छ। त्यसमा चुक्ता पुँजी सीमामा नपुर्‍याएका ब्रोकरहरुले चैत मसान्तसम्म कायम गर्न सक्ने समय दिने प्रस्ताव गरिएको हो। 

बोर्डले नियमावलीको संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ। 

यसअघि २०७९ सालमा बोर्डले ब्रोकर कम्पनीहरुलाई ३ वर्षभित्र २० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो। सो समयावधि असार मसान्तपछि सकिँदै छ।

बोर्डले दिएको समय सकिनै लाग्दा ब्रोकर व्यवसायीहरुले चुक्ता पुँजी सीमा पुर्‍याउन नसक्ने बताउँदै समय थप्नुपर्ने माग गर्दै आएका थिए।

बोर्डले मर्जर गरेर भए पनि चुक्ता पुँजी सीमामा ल्याउनुपर्ने अडान लिएपछि ब्रोकर व्यवसायीहरुले धितोपत्र बोर्डमै पुगेर समय बढाउन मागपत्र पेस समेत गरेका थिए। 

असार मसान्तसम्म पनि चुक्ता पुँजी सीमा नआउने देखेपछि बोर्डले अहिले आएर पुन ९ महिना थप्ने गरी नियमावली संशोधन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad