२ दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार तीनसय रुपैयाँले घटेको हो।
सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार र सोमबार गरेर प्रतितोला १५ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा स्थिर थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
चाँदीको मूल्य आज पनि घटेको छ। हिजो तोलामा ५० रुपैयाँ घटेको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको महासंघले जनाएको छ।
चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ६० रुपैयाँ छ।
1.2k
Shares

प्रतिक्रिया