कारोबार


साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने

सर्लाहीकाे हरिवनमा गरिएकाे काेदाे खेती


नेपालखबर
साउन १, २०८२ बिहिबार १३:७, काठमाडौँ

सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ। गएको असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिलोपटक कोदो दिवस मनाउने निर्णय गरेको हो। 

यसअघि कृषि अभियन्ताले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसको रुपमा मनाउँदै आएका थिए।  कोदो खेतीको संरक्षण र प्रवर्द्धनका लागि तरकारी तहबाटै अब कोदो दिवस मनाउने निर्णय भएको हो। 

विगतमा कोदोलाई हेयको दृष्टिले हेरिन्थ्यो। कोदोलाई गरिब, निमुखाको खान्कीको रुपमा लिने चलन थियो। तर, पछिल्लो सयम सहरी क्षेत्रमा पनि कोदोको माग उच्च रुपमा बढ्न थालेको छ। 

माग बढे पनि नेपालमा कोदोको उत्पादन भने घट्दै गएको छ। स्वदेशमा उत्पादन घट्दा र माग भने बढ्दै जाँदा गत आर्थिक वर्षका ११ महिनामा मात्रै मुलुकमा पौने अर्ब रुपैयाँ बराबरको कोदो विदेशबाट आयात भएको तथ्यांक छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपियाँ बराबरको काेदो आयात भएको छ। 

११ महिनामा नेपालमा एक करोड ४३ लाख ५५ हजार १३६ केजी कोदो विदेशबाट आयात भएको छ । नेपालमा छिमेकी मुलुक भारत र चीनबाटा कोदो आयात हुने गरेको छ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८०/८१ मा दुुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो। 

पछिल्लो समय कोदोबाट रोटी, ढिँडो जस्ता परम्परागत परिकार मात्रै होइन, बिस्कुट, मम लगायतका परिकारसमेत बनाउन थालिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad