कारोबार


संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड हो : सांसद शर्मा

संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड हो : सांसद शर्मा

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८२ आइतबार १९:१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरुले अधिकारको दुरुपयोग गर्दा बेरुजुको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको तर्क गरे।

‘कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सही ढंगले सदुपयोग नहुनु नै बेरुजु हुनु हो,’ शर्माले भने, ‘त्यसको सही ढंगले कार्यान्वयन भएन समस्या त्यँही छ। कानुनको सुधारको कुरा, व्यवहारको सुधारको कुरा, हिसावको व्यवस्थापन र मिलानको कुरा अथवा कर्जा प्रणालीका कुराहरु, समयमा असुली नहुने कुराहरु जटील समस्याको रुपमा रहेका छन्। यी समस्यको समाधान के हो भन्ने कुरा हामीले खोज्नुपर्नेछ।’

उनले थपे, ‘अब समाधान के हो त? समाधान भनेको आ–आफ्नो जिम्मेवारीप्रति वफादार जनताप्रति उत्तरदायी नै त्यसको सबैभन्दा समाधानको उत्तम विकल्प हो जस्तो लाग्छ। यसमा धेरै कुराहरु जोडिन्छ। समग्र राज्यको चित्र र चरित्र कस्तो छ? हाम्रो राजनीतिक संस्कार कस्तो छ? हाम्रो दूरदृष्टिको प्रवृत्ति कस्तो छ? यी कुराहरु सबै थाहा पाउनुपर्छ।’

आर्थिक सुशासन कायम गर्ने सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad