उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवद्र्धनका विषयमा पनि वार्ता हुने उनले बताए। नेपालको पहिलो बजार छिमेकी देश भारत र चीन भएकाले दुवै देशबीच हुने व्यापार समस्या समाधान गर्न सरकारले काम गर्ने उनले प्रतिबद्धता जनाए।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए। रासस
Shares

प्रतिक्रिया